• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Wednesday, September 21, 2016

    फेसबुकका संस्थापक मार्क जुकरबर्ग दम्पति द्वारा ३ अर्ब स्वस्थ अनुसन्धान को लागि सहयोग गोसना.......



    सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग तथा उनकी पत्नी प्रिस्सिला चानले स्वास्थ्य अनुसन्धानका लागी तीन अर्ब डलरको सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।  अमेरिकाको स्यान  फ्रान्सिस्कोमा पत्रकार सम्मेलन गर्दै जुकरबर्गले अगामी १० बर्षका लागि सो सहयोग रकम क्यालिफोर्नियामा नयाँ अनुसन्धान केन्द्रको स्थापना लगायत अन्य वैज्ञानिक अनुसन्धानमा खर्च गरिने बताउनुभयो । जुकरबर्ग दम्पतीले आफ्नै  सन्तान लगायत सबै बालबालिकालाई भविष्यमा लाग्न सक्ने सबै रोगको उपचार, निवारण तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले सो अभियान सुरु गरेको बताएका छन् । आफ्नो परोपकारी संस्था चान जुकरबर्ग इनिसियटिभ मार्फत उनीहरुले सहयोग रकम विभिन्न बैज्ञानिक केन्द्र तथा अनुसन्धानका लागि प्रदान गरिने उनीहरुको भनाइ छ । बितेको सय बर्षका बिज्ञान प्रविधिले निकै फड्को मारेको भन्दै आफुले सो बिषयमा  बैज्ञानिक तथा अनुसन्धानकर्तासंग छलफल गरेरै सो घोषणा गरेको   जुकरबर्ग ले बताउनुभयो  । जुकरबर्ग दम्पतीले आफ्नी छोरी जन्मिए लगत्तै सन् २०१५ को डिसेम्बरमा आफ्नो सम्पतिको ९९ प्रतिशत परोपकारी कार्यमा खर्चने बताएका थिए । स्वास्थ्य अनुसन्धानमा परोपकारी लगानी गर्दै आएका अर्का अमेरिकी धनाढ्य बील गेट्सले  जुकरबर्गको सो  घोषणाको प्रशंसा गर्नुभएको छ ।  इकान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel