• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Sunday, September 25, 2016

    त्रिसुलीमा पूर्व गृहमन्त्री /मुख्य सचिप घिमिरेसहित ३ जना बेपत्ता



    आश्विन ९, २०७३ पुर्व गृहमन्त्री तथा पूर्व मुख्य सचिव माधव घिमिरे चढेको जिप त्रिशुली नदिमा खसेर वेपत्ता हुँदा ३ जनाको मृत्यु भएको छ । घिमिरेकी आमा चैतन्यकुमारी घिमिरे, नारायण काफ्ले र घिमिरेका अंगरक्षक रामचन्द्र कार्कीको मृत्यु भएको चितवन जिल्लाका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिनुभयो । पूर्व गृहमन्त्री घिमिरे, प्रकाश घिमिरे र मोहन घिमिरे अझै बेपत्ता छन् । नेपाल सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोली वेपत्ताको खोजीमा गरिरहेको एसपी कुँवरले जानकारी दिनुभयो । घाईते अवस्थामा उद्दार गरिएका जिप चालक प्रहरी हवल्दार विष्णु राईलाई उपचारका लागि भरतपुर लगिएको छ । मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा घिमिरे चढेको बा ९ च १५३१ नम्बरको जिप अपरान्ह साढे ४ बजेतिर पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोक–३ घोप्टेभिरबाट त्रिशुलीमा खसेको हो ।इकान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel