• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Monday, September 19, 2016

    बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु



    आश्विन ३, २०७३ बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । बोङ्गादोभान ४ स्थित एक घरमाथि पहिरो खस्दा आज विहान एकै परिवारका ४ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक शिवराज क्षेत्रीले बताउनुभयो । पहिरोले पुरिएर  ३८ बर्षीया भिमकुमारी रोका, उनकी ९ बर्षीया छोरी मायादेवी, १२ बर्षीय छोरा ईन्द्रजीत र १४ बर्षीया छोरी ईन्द्राकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी बोङ्गादोभानबाट १२ जना प्रहरी घटनास्थल तर्फ पठाइएको प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताउनुभयो । गत साउन दोस्रो साता गएको पहिरोमा परी बागलुङका ६ जनाले ज्यान गुमाएका थिए ।इकान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel