• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Tuesday, November 15, 2016

    बेडमा महिलाले पुरुषबाट अपेक्षा गर्ने ७ कुरा

    बेडमा  महिलाले पुरुषबाट अपेक्षा गर्ने ७ कुरा



    शारीरिक सम्र्पक हाम्रो जीवनको महत्त्वपूर्ण विषय हो । र अहिलेको युगमा यौन सम्पर्क बारेका छलफल तथा कुराकानी पनि निकै खुल्ला भइसकेका छन् ।अध्ययनहरूका अनुसार हरेक पुरुष तथा महिलालाई ओछ्यानमा भएको बेलामा लाग्छ कि आफ्नो पार्टनरले के चाहेको छ । तपाईँ पनि आफ्नो जोडीले चाहेको अपेक्षा पूरा गर्न सफल हुनुभयो भने तपाइहरूबीचको शारीरिक सम्पर्क आनन्दायी बन्न सक्छ । इडेन स्ट्रोङ नामकी एक महिलाले ‘योरट्यान्गो’ वेबसाइटमा लेखे अनुसार सहवासका बेला महिलाहरूले पुरुषबाट यी ८ कुराको विशेष अपेक्षा गर्दछन् ।
    १. कानमा चलाउने तथा कानेखुशी गर्ने : शारीरिक सम्पर्कको बेलामा कानमा बिस्तारै चलाउने र तथा मायालु कानेखुसी गर्नाले पनि महिलाहरूलाई उत्तेजित बनाउँछ ।
    २. राम्रो भनिदियोस् भन्ने चाहना : हरेक केटी राम्री बन्न चाहन्छन् र आफूलाई कसैले राम्रो भन्दियोस भन्ने चाहाना पनि उनीहरूमा हुन्छ । विशेषगरि शारीरिक सम्पर्कको बेलामा केटीहरूले पार्टनरसँग आफू किन राम्री छु भन्ने कुराको जवाफ खोजिरहेका हुन्छन् ।
    ३. कस्तो लागेको छ ? : सो सम्पर्क पन परेको छ कि छैन भनेर पार्टनरले सोधोस् भन्ने अपेक्षा पनि केटीहरू गर्दछन् । सहवासका बेला ‘मन परेको छ रु तिमी ठिक छौ रु’ जस्तो तरिकाले पार्टनरले सोधोस् भन्ने उनीहरू चाहन्छन् ।
    ४. रोमान्टिक वातावरणपछि मात्र : महिलाहरूले सम्पर्कको बेला मुख्य कुराभन्दा पहिले अलिकति समयको अपेक्षा गरेका हुन्छन् । रमाइलो वातावरण निर्माण गर्नको लागि ‘सम्पर्क’भन्दा पहिले नै उत्तेजनामा आउने गरी उनीहरूले चुम्बन, स्पर्श लगायतको अपेक्षा गर्दछन् । पुरुष पहिले नै तयार भएको भएपनि आफूहरूलाई तयारीको लागि अलि बढी समय लाग्ने उनीहरूको धारणा हुन्छ ।
    ५ . असीमित आनन्द : महिलाहरूले सहवासका बेलामा गरिने गतिविधिलाई सीमिततामा राख्न चाहँदैनन् । केही पुरुषले महिलालाई साह्रो–गाह्रो परेको छ कि छैन भनेर बुझ्न खोजेपनि खासमा उनले के चाहेकी छन् त्यो बुझ्न सक्दैनन् । महिलाहरूले सम्पर्कको बेलामा सम्भोगमा हुन सक्ने सम्पूर्ण तौर तरिकाको मनोरञ्जन लिन चाहाछन् ।
    ६. सँगै आनन्द लिने चाहना : महिलाहरूले आफू र आफ्नो पार्टनर दुवै जना चरम उत्कर्षमा पुगेको अनुभव गर्न चाहान्छन् । आफूभन्दा पहिलानै पुरुष स्खलित भएर आफू उत्कर्षमा पुग्न नसकेमा महिलाहरूले चित्त दुखाउँछन् ।
    ७. नयाँ खोजी : महिलाहरूले शारीरिक सम्पर्कमा ‘केही नयाँ’ चाहिरहेका हुन्छन् । पुरुषसँगको सम्पर्कका बेला आशनहरू बदल्ने मात्रै होइन, उसँगको सम्पर्कमा उनीहरू हरेक दिन नयाँपनको अपेक्षा गर्दछन् । एक जना महिलाले भनेकी छन्, ‘हामी महिलालाई तिमीले कहिल्यैपनि पूरा बुझ्न सक्दैनौ किनकि हाम्रो दिमाग बदलिइरहन्छ ।

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel