• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Wednesday, September 7, 2016

    ६ वर्षपछि मात्र मुख–मैथुनका बारेमा थाहा भयो ।

    विवाह भएको ६ वर्षपछि मात्र मुख–मैथुनका बारेमा थाहा भयो । यस विषयमा मैले श्रीमतीसँग खुलेर कुराकानी गरेपछि हामीले त्यसको प्रयोग पनि गर्‍यौं । मेरी श्रीमती पनि यो विधिमा रमाएकी छिन् तर उनी सकेसम्म यस्तो विधि अपनाउन नहुने बताउँछिन् । फलस्वरूप हामीबीच यौनसम्र्पक नै पनि कम हुन थालेको छ । यो विधिका सकारात्मक तथा नकारात्मक पक्ष के–के छन् ? 


    तपाईंको समस्यामा जानुभन्दा अघि मुख–मैथुनका बारेमा केही जानकारी गराऔं । मानव जीवनमा यौनको ठूलो महत्व छ । यौनका लागि युवा नै हुन जरुरी छैन । बूढाबूढीहरू पनि यसबाट पर्याप्त आनन्दित हुन्छन् । यौनबाट आनन्द लिने विभिन्न विधि छन् र त्यसमा मुख–मैथुनलाई पनि मानिसले एउटा महत्वपूर्ण विधिका रूपमा प्रयोग गर्दै आएका छन् ।
    मान्छेले मात्र होइन, पशुले पनि यो विधि प्रयोगमा ल्याई चरम आनन्द लिएको अध्ययनहरूले देखाएका छन् । मुख–मैथुन पश्चिमा देशहरूमा बढी प्रचलित छ । कतिपय देशमा यसलाई गैरकानुनी मानिन्छ । करिब मध्ययुगदेखि नै यसको सुरुवात भएको मानिए पनि बीसौं शताब्दीतिर पोर्नोग्राफीको विकासका कारण यसले छिट्टै व्यापकता पाएको छ ।
    अध्ययनहरूले देखाएअनुसार, बूढापाका पुरुषले महिलाको तुलनामा बढी मुख–मैथुन गर्ने गरेका छन् । २० देखि २४ वर्ष उमेर समूहमा ५५ प्रतिशत पुरुषले महिलालाई मुख–मैथुन गरेका छन् भने ३० देखि ३९ वर्षका उमेर समूहमा ६९ प्रतिशत पुरुषले महिलालाई मुख–मैथुन गरेका छन् । अध्ययनहरूले भनेका छन्— मुख–मैथुनले महिलाहरूलाई डिप्रेसनबाट जोगाउन मद्दत गर्छ । यसले दुवैजना बीचको सामिप्यता र माया अझ प्रगाढ हुन्छ ।

    यो विधिमा मुखको स्वास्थ्यको अत्यन्तै ख्याल गर्नुपर्ने हुन्छ भने यौनांगको सरसफाइको ख्याल पनि अन्य विधिमा जत्तिकै महत्वपूर्ण पक्ष हुन्छ । त्यसैले यौनका लागि स्वस्थ र तन्दुरुस्त शरीर जति जरुरी छ, शारीरिक स्वास्थ्य पनि त्यत्तिकै अपरिहार्य छ, विशेष गरी मुख र यौनांगको सरसफाइ ।

    अब तपाईको प्रश्नतर्फ आउँ । यौन सन्तुष्टि लिन एकतर्फी प्रयास वा एकतर्फी इच्छा तथा चाहना मात्रले हुँदैन । यसका लागि रमाइलोसँग दुवै जनाले समानस्तरको आनन्द महसुस गर्न सक्नुपर्छ । दुवै समानस्तरको फोरप्लेमा सहभागी हुनुपर्छ । माया, स्नेह, स्याहार चाकर, फोरप्लेजस्ता गतिविधिमा पूरै नडुब्दासम्म जुनसुकै बिधिबाट पनि यौनमा चाहेअनुसारको भरपूर आनन्द लिन सम्भव छैन । त्यसैले पहिलो र महत्वपूर्ण पक्ष भनेको तपार्इंहरू दुवै जना एक–अर्कामा लीन हुनैपर्छ । दुवै जना एक–अर्काप्रति समर्पित हुनैपर्छ । एकजनाले मात्र आनन्द लिए त्यो स्वार्थीपन हुन्छ । स्वार्थीपन यौन आनन्दको शत्रु हो । तपाईंको प्रश्न वाट तपाईंहरू दुईबीच यो विषयलाई लिएर हाल कुरा नभएको हो कि जस्तो देखिन्छ । हुन सक्छ श्रीमतीको इच्छाका सम्बन्धमा खुलेर कुरा नगरेकाले तपाईंकी श्रीमतीलाई केही असजिलो महसुस भएको हुनसक्छ ।

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel