• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Sunday, September 18, 2016

    अमेरिकी राष्ट्रपति बाराक ओबामाले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त



    आश्विन २, २०७३- अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएर संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ती जारी गर्दै ओबामाले राष्ट्रपति भण्डारीलाई पठाएको पत्रबारे जानकारी दिएको छ । संविधान जारी भएको भाेलि एक वर्ष पुग्दैछ ।

    'विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको छ र त्यस विपद्‌मा आफ्ना प्रियजन गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका छन्', जारी विज्ञप्तीमा उल्लेख छ ।

    नेपालको जलविद्युत् सम्भावनाको वृद्धि, पूर्वाधार विकास र द्वन्द्वबाट प्रभावित सबैका लागि न्यायको खोजी लगायत बिषयमा सहयोग गर्न अमेरिका तयार रहेको सन्देशमा भनिएको छ । इकान्तिपुर



    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel