• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Tuesday, September 20, 2016

    आगलागीका कारण  शिविरमा रहेका चार हजार भन्दा बढी आप्रवासी प्रभावित



    ग्रीसको लेसबोस आइल्याण्डस्थित आप्रवासी शिविरमा भीषण आगलागी भएको छ । आगलागीका कारण  शिविरमा रहेका चार हजार भन्दा बढी आप्रवासी प्रभावित भएका छन् । आगलागीले शिविरमा रहेका टेन्ट तथा झुपडी नष्ट भएका छन् । आगलागीमा भएको भौतिक तथा मानवीय क्षतिको कुनै विवरण नआएको स्थानिय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । शिविरमा रहेका सबैलाई सुरक्षित स्थानमा सारिएको स्थानिय सुरक्षा अधिकारीले जनाइएका छन् । घटनाको कारण यकिन नभएपनि  शिविरमा कसैले नियतबस आगो लगाएको हुन सक्ने प्रहरीको आशंका छ । शिविरमा रहेका एक सहायताकर्मीले खानाका लागि आप्रवासीबिच भएको विवादपछि आगलागी सुरु भएको बताएका छन् । आगलागीका कारण शिविरको ३० प्रतिशत  भन्दा बढी क्षेत्र  पूर्णरुपमा नष्ट भएको छ । लेसबोस आइल्याण्डमा अहिले क्षमता भन्दा बढी आप्रबासी रहेका छन् । आइल्याण्डको क्षमता तीन हजार ६ सय भएपनि हाल त्यहाँ पाँच हजार ६ सय भन्दा बढी आप्रवासी रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।  इकान्तिपुर


    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel