• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Saturday, October 1, 2016

    दशैंमा अपराधी समात्न ‘एम्बुस’ थाप्दै प्रहरी

    आश्विन १५, २०७३- महानगरीय प्रहरी परिसर काठमाडौंले दशैंमा हुने आपराधिक गतिविधी नियन्त्रणका लागि सम्भावित आपराधिक समूहलाई पक्राउ गर्न ‘एम्बुस सुरक्षा योजना’ बनाएको छ ।

    काठमाडौंको जनसंख्याको चाप र सुरक्षामा परिचालीत हुने सुरक्षाकर्मीको संख्याबीचको सामनजस्यता मिलाउन परिसरले धराप रणनीतिलाई कार्यान्वयनमा ल्याएको हो ।

    काठमाडौंको चलायमान जनसंख्या करिव ३० लाख हारहारीको छ । प्रहरी भने जम्मा ३ हजार ३ सय ४३ । यो आधारमा एक प्रहरीले करिव ९ सय जनाको सुरक्षा गर्नुपर्ने हुन्छ । दशैंमा अधिकांश चलायमान जनसंख्या काठमाडौंबाट बाहिरिंदा रित्तो भएका घरको सुरक्षाको जिम्मेवारी समेत थपिएकाले सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउन छापामार शैलीमा धराप रणनीति कार्यान्वयनमा ल्याएको हो ।



    चाडबाडमा बढ्ने चोरी, जुवा, डकैती, गुन्डागर्दी, जबर्जस्ती रकम असुली, स्नाचिङ्ग, पाकेटमारी, कालो बजारी लगायतका अपराध नियन्त्रणमा क्षेत्र र सुरक्षा जनशक्तिबीचको सन्तुलत मिलाउन प्रहरीले धराप सुरक्षा रणनीति बनाएको परिसरका प्रमुख विक्रमसिंह थापाले जानकारी दिए ।

    उनका अनुसार काठमाडौंको क्षेत्रका आधारमा अपराध बढी हुने स्थान र अपराधको प्रवृत्ति, सो क्षेत्रमा आपराधिक गतिविधीमा संलग्न समुह र व्यक्ती, पटके अपराधी लगायतकाको सूची बनाइएको छ । थापाका अनुसार यसका लागि महानगरीय प्रहरी अपराध महाशाखासँग समन्वय गरिएको छ ।

    सुरक्षा जनशक्ति थोरै रहेको परिचालन हुनुपर्ने क्षेत्र ठुलो रहेकाले ‘एम्बुसीङ टोली’ लाई प्राथमिकता दिइएको उनले जानकारी दिए । आर्थिक कारोबार बढी हुने क्षेत्रको पहिचान गरी सादा पोशाकका प्रहरी खटाइएको उनले बताए ।

    अपराधीबाट अपराधीको सूचना
    प्रहरीले सम्भावित आपराधिक योजना पहिल्यै पहिल्याएर समूहलाई पक्राउ गर्न ‘आपराधिक समूहविरुद्ध आपराधिक समुह’ को सहयोगको रणनीति बनाएको छ ।

    यसका लागि यस अघि काठमाडौं उपत्यकाका चोरी, डकैती, लुटपाट, जुवामा पक्राउ परेकाहरुको सूची तयार पारी उनीहरुको अवस्था पहिल्याउन समूह खटाइएको एसएसपी थापाले बताए ।
     
    महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार काठमाडौंमा लगभग ३ सय हाराहारी चोर छन् । त्यसमा १ सय १८ जना कारागार र प्रहरी हिरासतमा छन् ।

    ‘जेल र प्रहरी हिरासतमा रहेकाहरुसँग आपराधीक गतिविधीमा संलग्नहरुबारे जानकारी लिएर उनीहरुलाई डिजिटल सर्भिलेन्समा राखिसकेका छौं,’ थापाले भने, ‘जो बाहिर छन् ती पनि प्रहरीको निगरानी भन्दा बाहिर छैनन् ।

    आपराधिक गतिविधी बढी हुने क्षेत्र केन्द्रित गरेर ३ सय ३५ वटा सिसिटिभी सञ्चालनमा रहेको र महानगरीय कार्यालय मार्फत त्यसको २४ सै घन्टा अनुगमन हुने उनले बताए ।इकान्तिपुर




    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel