• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Saturday, November 12, 2016

    पाकिस्तान विष्फोटमा ४३ को मृत्यु


    पाकिस्तान विष्फोटमा ४३ को मृत्यु
    पाकिस्तानको बलोचिस्तान प्रान्तमा एक धार्मिक स्थलमा गरिएको हमलामा कम्तीमा ४३ जनाको ज्यान गएको छ।
    बलोचिस्तान प्रान्तस्थित दुर्गम कुजदर जिल्लामा एक सुफी सन्त शाह नूरानीको समाधिस्थलमा उक्त हमला गरिएको थियो।
    सो हमलामा कम्तीमा ४३ जनाको ज्यान गएको र अरु कैयौं घाइते भएको अधिकारीहरुले जनाएका छन्।
    विष्फोट
    शनिबार बेलुका स्थानीय समय अनुसार झण्डै ६ बजेतिर सैयौं सुफी धर्मावलम्वीहरुले धमाल भनिने एक किसिमको नृत्यमा भाग लिइरहेका बेला बम विष्फोट भएको थियो।
    आफुलाई इस्लामिक स्टेट समूहसंग आबद्ध बताउने एक सुन्नी उग्रवादी समूहले सो विष्फोटको जिम्मा लिएको छ, तर त्यसको स्वतन्त्ररुपमा पुष्टि हुन सकेको छैन।
    यो हमलाले हाम्रो समाजको मुटुलाई नै लक्षित गरेको छ
    विपक्षी राजनीतिज्ञ इमरान खान
    इस्लामिक स्टेटले नाचगान गर्ने जस्ता काम इस्लाम विरोधी भएको भन्दै सुफी धर्मावलम्वीहरुलाई निशाना बनाउने गरेको छ।
    एउटा कल्याणकारी संस्था एधि फाउण्डेशनले घाइतेहरु ओसार्न ५० वटा एम्बुलेन्सहरु पठाएको र उनीहरुको कराँची शहरस्थित अस्पतालहरुमा उपचार भैरहेको जनाएको छ।
    निन्दा
    प्रधानमन्त्री नवाज शरीफले उक्त हमलाको निन्दा गरेका छन्।
    अर्का विपक्षी राजनीतिज्ञ इमरान खानले उक्त हमलाले हाम्रो समाजको मुटुलाई नै लक्षित गरेको बताए।
    गत जुन महिनामा कराचीमा एकजना प्रसिद्ध सुफी गायक अमजद साबरीको गोली हानी हत्या गरिएको थियो।
    बलोचिस्तान प्रान्तमा यो वर्ष थुप्रै उग्रवादी हमलाहरु गरिएका छन्।
    गत अगष्ट महिनामा एउटा अस्पतालमा गरिएको हमलामा ७० जना मारिएका थिए।
    त्यस्तै गत अक्टोबर महिनामा क्वेटा शहरस्थित एक प्रहरी कलेजमा गरिएको हमलामा पनि दर्जनौंको ज्यान गएको थियो। बिबिसी नेपाली

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel