• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Tuesday, September 27, 2016

    धादिङको मार्पाकमा यात्रुवस दुर्घटना हुँदा १९ जनाको मृत्यु, सबैको सनाखत



    धादिङको लार्पाकस्थित लवांगफेदीमा यात्रुवस दुर्घटना हुँदा ५ महिला सहित १९ जनाको मृत्यु भएको छ । १८ जनाको घटनास्थलमै र एक जनाको राजधानीस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक गोरखा तान्द्राङ ९ का गंगाविर विश्वकर्मा, मार्पाक ५ का कमला पौडेल, पवन बहादुर स्माली मगर र दिल कुमारी अधिकारी तथा दार्खा ९ का रामचन्द्र सापकोटा, सत्यदेवी ३ का लिलाबहादुर गुरुङ, चिर माया तामाङ र रावन तामाङको मृत्यु भएको हो । यस्तै,  रिगाउँ–८ कि मुना तामाङ, सत्यदेवि २ का रंगसिंह तामाङ, मिदि जंग तामाङ र रौता तामाङ, रिगाउँ–२ का टेक बहादुर तामाङ र चन्द्रमान तामाङ, गुम्दी ८ का इन्द्ररुद्र बहादुर घले, मार्पाक ५ का पदम थापा, रिगाउँ–८ का मान बहादुर तामाङ र ठेगाना नखुलेका नर बहादुर थापाले पनि दुर्घटनामा ज्यान गुमाएका छन् । धनकुमारी सापकोटाको पनि उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । जसमध्ये ९ जनाको अवस्था गम्भिर छ । घाइतेमध्ये १५ जनालाई उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल ल्याइएको छ । घटनास्थलमा मृत्यु भएकाको शव आवश्यक प्रकृया पुर्‍याई आफन्तलाई वुझाईएको प्रहरीले जनाएको छ । धादिङ सदरमुकामको मिलनटोलवाट किङ्गताङ्गफेदीका लागी छुटेको ना ४ ख ३३१८ नम्वरको यात्रुवस मार्पाक ६ स्थित उकालोबाट ५० मिटर तल आँखु नदीमा खसेको प्रहरी निरिक्षक भिमप्रसाद भट्राईले जानकारी दिनुभयो । दुर्घटनामा पर्ने अधिकांश भूकम्पले क्षतीग्रस्त घरको पुनर्निर्माणका लागि पहिलो किस्ताको ५० हजार रकम अनुदान लिन गएका उत्तरी भेकका सत्यदेवी र रीगाउँ गाविसका छन् । इकान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel