• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Saturday, November 12, 2016

    ट्रम्प र राष्ट्रपति बाराक ओबामासँग भेटवार्ता

    ,

    २०७३- नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राष्ट्रपति बाराक ओबामासँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । डेढ घण्टा भएको भेटमा ओबामाले नयाँ राष्ट्रपतिलाई सबैको साथ दिनुपर्ने उल्लेख गरे ।

    ट्रम्पले निर्वाचन अभियानका क्रममा ओबामालाई सबैभन्दा खराब राष्ट्रपति भनेका थिए भने ओबामाले ट्रम्प राष्ट्रपति पदका लागि लायक नरहेको टिप्पणी गरेका थिए । तर, शुक्रबारको भेटमा ट्रम्पले ओबामा असल मान्छे भएको उल्लेख गर्दै भविष्यमा ओबामाको सहयोगका अपेक्षा रहने बताएका थिए । ओबामाले पनि आगामी दुई महिनामा आफ्नो पहिलो प्राथमिकता ट्रम्पलाई सफल बनाउने सुनिश्चितता प्रदान गर्न संक्रमणलाई सहज बनाउने बताएका थिए । उनले ट्रम्पलाई भने, ‘तपाईं सफल हुनुभयो भने देश सफल हुनेछ ।’

    १० मिनेटका लागि तय भएको भेटघाट ९० मिनेटसम्म चलेको थियो । ट्रम्पले पत्रकारहरूसँग पनि ओबामा असल मान्छे हुन् भनेर पटक–पटक भनेका थिए । इकान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel