• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Monday, September 26, 2016

    आइतबार त्रिशुलीमा खसेका गाडीमा सवार पूर्व गृहमन्त्री घिमिरेसहित तीनजनाको अवस्था अझै अज्ञात, खोजीकार्य जारी




    आश्विन १०, २०७३- आइतबार अपराह्न साढे ४ बजे मुग्लिन र मनकामनाबीच घोप्टेभीरबाट करिब डेढ सय मिटर तल त्रिशूलीमा खसेका पूर्वमुख्य सचिव तथा गृहमन्त्री माधवप्रसाद घिमिरे परिवारसहित चढेको बा९च १५३१ नम्बरको गाडी हालसम्म पनि फेला परेको छैन । उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने घिमिरेसमेत तीनजना बेपत्ता छन् ।



    हिजो अबेरसम्म गरिएको खोजीकार्य आज बिहानैबाट सुरु भएपनि गाडीसहित पूर्वगृहमन्त्री घिमिरे, उनका भाइ मोहन र प्रकाश घिमिरे अझै बेपत्ता छन् ।

    अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले गोताखोर तथा ढुंगाको प्रयोग गरेर खोजीकार्य जारी राखेका छन् । विपत व्यवस्थापन गण, रसौली, चितवनबाट नेपाली सेनाकाे टाेली, विपत व्यवस्थापन तालिम केन्द्र, कुरिनटारबाट सशस्त्रकाे टाेली र जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय मुग्लिनबाट नेपाल प्रहरीकाे टाेली परिचालन गरिएकाे छ । सुरक्षाकर्मीहरुले कुरिनटारदेखि मुग्लिनसम्म खाेजी गरिरहेका छन् । घटनास्थलमा घिमिरेका पारिवारिक सदस्य तथा सर्वसाधारणको भीड छ ।

    यसैबीच यातायातमन्त्री रमेश लेखकले घटनास्थलकाे अवलाेकन गरी सक्दाे चाँडाे घिमिरेसहित हराइरहेका अन्यकाे खाेजी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । घटनास्थलकाे अवलाेकनपछि उनीसहितकाे टाेली मुग्लिन-नारायाणगढ सडक खण्डकाे अवलाेकन गर्दै छ ।

    गम्भीर अवस्थामा उद्धार गरिएका तीनजनाको उपचारका लागि लाँदै गर्दा बाटैमा मृत्यु भएको थियो  । घिमिरेकी आमा चैतन्या, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको हो । दुर्घटनामा घाइते चालक विष्णु राईलाई भने भरतपुरको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।इकान्तिपुर



    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel