• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Saturday, October 1, 2016

    सेल्फी खिच्दै गर्दा एक युवकलाई खोलाले बगायाे



    आश्विन १५, २०७३- मोबाइलबाट सेल्फी खिच्दै गर्दा ढुंगामा चिप्लिएका एक युवकलाई खोलाले बगाएको छ ।

    लमजुङको पूर्वी क्षेत्रमा पर्ने ढोडेनी २, गैरी भएर बग्ने दोर्दीखोलाले बगाउँदा गोरखा, मनकामना गाविस ३ का १९ बर्षीय पवन श्रेष्ठलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । डीएसपी समीरचन्द्र खरेलका अनुसार शुक्रबार साँझ खोलामा सेल्फी खिच्ने क्रममा चिप्लिएर युवकलाई खोलाले बगाएको हो । खोलाको भेल ठूलो भएकाले ती युवकको अवस्था अज्ञात रहेको उनले बताए ।

    ढोडेनीमा आयोजित मेलामा सहभागि हुन र फुटवल खेल्न उनी साथीभाइसंगै गोरखाबाट लमजुङ आएको प्रहरीले जनाएको छ । उनको खोजीका लागि इलाका प्रहरी कार्यालय भोटेओडारका इन्सपेक्टर चन्द्रबहादुर गुरुङ र श्रीमञ्ज्याङ प्रहरी चौकी नौथरका असई अनन्तराम भटराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरी र स्थानीय मिलेर युवकको खोजी गरिररहेको डीएसपी खरेलले बताए ।न इकान्तिपुर





    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel