• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Saturday, November 19, 2016

    यौन सम्बन्ध हुँदाहुँदैं पनि बाहिरी व्यक्तिसँग शारीरिक.................

    पुरुष र महिलाबीच स्वस्थ शारीरिक तथा यौन सम्बन्ध हुँदाहुँदैं पनि बाहिरी व्यक्तिसँग शारीरिक वा यौनसम्बन्ध हुने सम्भावना कति हुन्छ ? यदि स्वस्थ यौनसम्बन्धका बाबजुद पनि बाहिरी सम्बन्ध हुन्छ भने मनोविज्ञानका हिसाबले किन हुन्छ, प्रस्ट्याइदिनुहोला ।


    राम्रो सम्बन्ध हुँदाहुँदैं पनि बाहिरी सम्बन्ध हुने सम्भावनाका बारेमा कुरा गर्दा हरेक सम्बन्ध कस्तो छ भन्नेमा भर पर्छ, त्यसैले यो प्रश्नको उत्तर दिन पनि गार्‍हो छ । तपाईंको प्रश्नमा शारीरिक वा यौनसम्बन्धका बारेमा मात्र उल्लेख भएको छ, तर अनुसन्धानकर्ताले यस विषयलाई लिएर गरेको अनुसन्धानमा यौन र भावना दुवै पक्षले कति प्रभाव पर्छ भन्ने विषयमा बढी चासो दिइएको पाइएको छ ।
    सन् २०१० मा प्रकाशित जर्नल पर्सनालिटी एन्ड इन्डिभिज्युल डिफरेन्सेसमा १ दशमलव २ प्रतिशतदेखि ८५ दशमलव ५ प्रतिशत व्यक्तिले दिएको प्रतिक्रियामा यौनसम्बन्धका लागि मात्र बाहिरी अन्य व्यक्तिसँग सम्बन्ध हुने भन्दा यौन र भावना दुवै पक्षका लागि बाहिरी सम्बन्ध हुने गरेको भनेर प्रतिक्रिया दिनेहरूको संख्या बढी थियो । त्यसमा उल्लेख भएअनुसार आफ्नो पार्टनरसँग बाहेक अन्य व्यक्तिसँग यौनचाहना अभिव्यक्त हुने जिस्क्याइलाई पनि आफ्नो पार्टनरलाई धोका दिएको बुझिन्छ ।
    अनुसन्धानमा देखिएअनुसार आफ्नो पार्टनरलाई धोका दिएर बाहिरी सम्बन्धलाई प्रोत्साहित गर्नेमा महिलाभन्दा पुरुष बढी छन् । यद्यपि हालसालै गरिएको अनुसन्धानले आधुनिकीकरणसँगै यो संख्या बराबरजस्तो देखिएको बताएको छ । त्यस्तै अविवाहित जोडीमा एकले अर्कालाई धोका दिने संख्या विवाहित जोडीमा भन्दा बढी भएको पाइएको छ ।

    कसैप्रतिको आकर्षण र वास्तविक प्रेमसम्बन्ध फरक–फरक कुरा हुन् । प्रेम र यौनका सम्बन्धमा आफैंले पनि एकपटक गम्भीर भएर सोचे आफ्नो पार्टनरलाई किन धोका दिइरहेको छु भन्ने कुरा महसुस गर्न सजिलो हुन्छ । यदि दुई जनासँग एकै पटकमा सम्बन्ध भैरहने हो भने यसले आफ्नो पार्टनरमा मात्र नभै आफूमा पनि भावनात्मक एवं सामाजिक जटिलताहरू निम्त्याउँछ ।

    आफ्नो पार्टनरबाहेक अरूसँगको यौनसम्बन्धबाट डर, चिन्ता तथा ग्लानिको भावना सिर्जना हुन्छ । यस्तो भावनाले दुई जोडीबीचको यौनसम्बन्धमा मात्र होइन, दैनिक क्रियाकलापमा समेत असर गर्न थाल्छ । यसको निवारण छिटो हुनु बेस हुन्छ । किन यस्तो समस्या भएको होला भन्ने दुविधा छ भने मनोविद् वा मनोचिकित्सक समक्ष गएर आवश्यक परामर्श लिनु उपयुक्त हुन्छ ।इकान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel