• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Monday, September 12, 2016

    केटीको नाटकीय प्रेममा विश्वास गर्दा



    , २०७३-  भाद्र २७

    भारतीय सीमा सहर जुगौलीका खुर्सिद अहमद भदौ १२ गते सुनौलीबाट पोखरा आउने क्रममा निकै उत्साहित थिए । कारण उनलाई भेट्न भैरहवाकी एक युवतीले पोखरा बोलाएकी थिइन् । फोन–फोनमै चिनजान भएकी ती महिलाको आग्रहमा खुर्सिद पोखरा आउन तयार भए । ती महिलालाई भेटे पश्चातका योजना मनमा सजाउदै भदौ ११ गते रात्रि बस चढेका खुर्सिद १२ गते पोखरा आइपुगे ।

    उनलाई लिन ती युवती पृथ्वीचोक बसपार्कमा उपस्थित थिइन् । अहमदलाई आफ्नो घर लाने भन्दै उनले लेखनाथ नगरपालिका–८ स्थित अशोक अधिकारीको घरमा रहेको आफ्नो डेरामा पुर्‍याइन् । त्यहाँ पुगपछि मात्र खुर्सिद अहमदलाई आफू अपहरणमा परेको थाहा भयो । उनी त्यही घरमा भाडा लिइएको कोठामा बन्धक बनेर बसे । कोठामा बन्दी बनाइएका अहमदले त्यहाँ झ्यालबाट निस्केर भाग्ने योजना बनाए । झ्यालबाट बाहिर निस्कने क्रममा उनलाई देखेपछि घरधनी र अरूले चोरी गर्न लागेको आरोप लगाए । त्यसपछि अहमदलाई प्रहरी कार्यालय पुर्‍याइयो ।  आजको इकान्तिपुर



    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel