• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Saturday, September 17, 2016

    बेल्जियममा पहिलोपटक एकजना बालकलाई स्वेच्छाले मृत्यु रोज्न दिइएको छ।



    बेल्जियममा पहिलोपटक एकजना बालकलाई स्वेच्छाले मृत्यु रोज्न दिइएको छ।
    प्राणघातक रोगले ग्रसित व्यक्तिले स्वेच्छाले मृत्यु रोज्न पाउने उमेरसम्बन्धी बन्देज हटाउने कानुन दुई वर्षअघि पारित भएपछि पहिलोपटक ती बालकलाई उनको इच्छा बमोजिम मृत्युवरण गर्नका निम्ति सघाइएको हो।
    स्वेच्छाले मृत्यु रोज्न पाउनेसम्बन्धी संघीय आयोगका प्रमुख विम डिस्टलमन्सका अनुसार स्थानीय डाक्टरले गत साता ती बालकको अवस्थाबारे रिपोर्ट गरेका थिए।
    डिस्टलमन्सले ती बालक गम्भीर रोगी भएको बताए पनि उनको उमेर र लिङ्गबारे खुलाएनन्।
    एउटै मुलुक
    शौभाग्यबश एकदमै न्यून संख्यामा बालबालिका छन् जसको इच्छित मृत्युबारे विचार गरिन्छ तर त्यसको अर्थ यो होइन कि सम्मानजनक ढंगले मर्न पाउने उनीहरुको अधिकारलाई हामीले अस्वीकार गर्नुपर्छ
    विम डिस्टलमन्स, प्रमुख, इच्छित मृत्युसम्बन्धी आयोग
    बेल्जियम विश्वमा एकमात्र मुलुक हो जसले जुनसुकै उमेर समूहका मानिसलाई स्वेच्छाले मृत्यु रोज्न अनुमति दिन्छ।
    स्वेच्छिक मृत्यु रोज्न पाउनेसँग उचित निर्णय लिन सक्ने क्षमता हुनुपर्ने र रोगको अन्तिम अवस्थामा पुगेको हुनुपर्ने व्यवस्था छ।
    १८ वर्षमुनिका बालबालिकाका आमाबुवाले पनि इच्छित मृत्युका निम्ति सहमति दिनुपर्ने हुन्छ।
    डिस्टलमन्सले एउटा स्थानीय पत्रिकालाई भनेका छन्, “शौभाग्यबश एकदमै न्यून संख्यामा बालबालिका छन् जसको इच्छित मृत्युबारे विचार गरिन्छ तर त्यसको अर्थ यो होइन कि सम्मानजनक ढंगले मर्न पाउने उनीहरुको अधिकारलाई हामीले अस्वीकार गर्नुपर्छ।”
    सन् २०१४ को फेब्रुअरीमा पारित कानुनले देशभित्रै र विश्वव्यापी विवाद निम्त्याएको थियो।
    बालबालिकाले त्यस्तो गम्भीर निर्णय लिन सक्ने वा नसक्नेबारे धेरैले प्रश्न उठाएका थिए।
    नेदरलण्ड्समा प्राणघातक रोगले ग्रसित १२ वर्षमाथिका बालबालिकाले मात्रै स्वेच्छाले मृत्यु रोज्न पाउने कानुनी व्यवस्था छ। बिबिसी नेपाली

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel