• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Monday, September 12, 2016

    पोकेमन गोको सनसनी




    पोकेमन गोको सनसनी
    सामाजिक सञ्जालहरुमा सर्वाधिक खोजिएको गेम
    पोर्न भिडियोका दर्शक संख्यालाई समेत पछाडि छाड्यो
    एकै दिनमा १ सय ११ प्रतिशतले शेयर वृद्धि


        दुई क्यानेडेली दाजुभाइ पोकेमन गो खेल्दाखेल्दै क्यानाडाबाट सीमापार गरी अमेरिका पुगेपछि अमेरिकी सीमा सुरक्षा बलका जवानले उनीहरूलाई गिरफ्तार गरे । गिरफ्तारीमा पर्दा पनि उनीहरू पोकेमन खेल्नमै मस्त थिए ।

        अमेरिकाको न्युयोर्कमा २१ वर्षीय कम्युनिकेसन ग्राजुएट तथा अर्का २२ वर्षीय फ्रिलान्सर वेब डिजाइनर पोकेमन खेल्ने क्रममै दुर्घटनाको सिकार भै घाइते भए ।

     अमेरिकामै रातको समयमा पोकेमन गो खेलिरहेका दुई किशोरलाई चोर सम्झिएर गोली हानिएको छ । ती किशोर गोली लागिसक्दा पनि कारमा पोकेमन खेल्नमै व्यस्त थिए ।

        विश्वभरमा लोकप्रिय भैरहेको मोबाइल गेम पोकेमन गोको विरुद्ध साउदी अरबका धर्मगुरुहरूले १५ वर्ष पुरानो फतवा पुन जारी गरेका छन् । धर्मगुरुहरूका अनुसार पोकेमन गो खेलका कारण जुवाको विरुद्ध लगाइएको प्रतिबन्धको उल्लंघन भैरहेको छ ।

      दुस्मन मुलुकका गुप्तचर एजेन्सीहरूले जासुसी हतियारको माध्यमबाट यसलाई प्रयोग गरेको भनेर विरोध जनाउने राष्ट्रहरू पनि छन् । रूसले स्मार्टफोनको यो खेल विरुद्ध मोर्चा नै खोलेको छ । रूसको एक सरकारी वेबसाइटका अनुसार पोकेमन गो अमेरिकाको गुप्तचर संस्था सिआइएको षड्यन्त्रको एक
    हिस्सा हो ।

        पोकेमन गो स्वास्थ्यका निम्ति लाभदायक भएको भन्दै स्वास्थ्यकर्मीहरूले यसको समर्थनमा खुलेर अभिव्यक्ति दिएका छन् । इंग्ल्यान्डको चर्चित अखबार द गार्जियनमा आफ्नो एक स्तम्भमा ग्याबी हिनस्लिफले हेल्थ सर्भिस दिने खेल भनेर यसको प्रशंसा गरेकी छिन् । उनका अनुसार यो खेलका कारण बालबालिका तथा वयष्कहरू घरभन्दा बाहिर पार्कसम्म पुग्न थालेका छन् ।



        पोकेमन गो औपचारिक रूपमा जापानमा ट्रायल गरेर सुरु गरिएको मोबाइल गेम हो । धेरै एसियाली मुलुकमा औपचारिक रूपमा यो खेल सुरु नभए पनि अनाधिकारिक रूपमा खेल डाउनलोड गर्ने तरिका उपलब्ध भएकाले ती मुलुकमा पोकेमन खेल्न सुरु भैसकेको छ ।

        अहिले संसार पोकेमनको बारेमा धेरै भन्दा धेरै जानकारी हासिल गर्नतर्फ उन्मुख छ । यसका बारेमा उपलब्ध जानकारी लेख्नेहरूको प्रतिस्पर्धा पनि उत्तिकै छ । जानकारी जुटाइने महत्वपूर्ण स्रोत विकिपिडियामा पोकेमन गो १० हजार प्रतिशत भन्दा बढी ट्राफिक पाएर सबैभन्दा पपुलर आर्टिकल बन्न सफल भएको छ । गेम लन्च भएपछि १५ जुलाई भित्र ५८ लाख मानिसले पोकेमन गो लेखलाई विकिपिडियामा अध्ययन गरेका थिए ।

    पोकेमन आफैंमा नौलो शब्द होइन, पोकेमन क्यारेक्टरमा यसअघि पनि कार्टुन, गेम आदि आएका थिए तर यो मोबाइल गेम कुनै एक ठाउँमा बसेर खेल्ने वा एकछिनको फुर्सदमा खेल्ने खेल नभै शारीरिक मेहनत लगाएर खेलिने भएकाले यसका प्रयोगकर्ता दुई दिनमै ह्वात्तै बढे ।

    पोकेमन गो औपचारिक रूपमा लन्च नभएका मुलुकमा समेत अनाधिकृत तवरले एप्स डाउनलोड गरेर खेल्ने ट्रेण्ड चलिसकेको छ । केही मुलुकमा सार्वजनिक भएपछि ट्रेण्ड बजारमा यसको सेयर १ सय ११ प्रतिशत बढेको थियो, जुन अहिले केही कम भएको छ ।

    नेपालमा समस्या
    नेपालमा पोकेमन रिलिज नहुँदै चर्चामा आइसकेको थियो, तर २ साता अघिदेखि नेपालका धेरै स्थानमा पोकेमन गो उपलब्ध छैन । प्रयोगकर्ताले एप खोलेर हेर्दा पोकेमन स्टेसन, जिम सेन्टरजस्ता लोकेसन देखाउन छोडेको छ । यदि नेपालमा औपचारिक रूपमै पोकेमन गो लन्च भयो भने पनि युजर्सले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । पोकेमन गो खेल्न निरन्तर इन्टरनेट डाटा कनेक्टिभिटीको आवश्यकता हुन्छ । अहिले हाम्रो मुलुकमा फोरजी सेवा सुरु नभैसकेको अवस्था छ । सहरी क्षेत्रमा थ्रिजी नेटवर्क भए पनि त्यो सुस्त छ ।


    बाहिरै निस्कनुपर्ने
    पोकेमन गो मुभमेन्ट, लोकेसन तथा रियालिटी बेस्ड भिडियो गेम भएकाले यो खेल खेल्न युजर्सको मुभमेन्ट अनिवार्य छ । युजर्सले आफ्नो स्मार्टफोनको स्क्रिनमा पोकेमन गो खेल्दा संरचना, सडक, पार्क, जिम, सपिङ मल, गल्ली, पुल आदि तमाम स्थानमा पुग्नुपर्ने हुन्छ । इन्टरनेट स्पिड राम्रै भए पनि एक त हाम्रो जस्तो अव्यवस्थित सहरमा युजर्सले ती स्थानको सहज यात्रा गर्न सक्दैनन्, अर्को कुरा धेरै स्थान जोखिमयुक्त पनि छन् ।

    वाइफाइको माध्यमबाट खेल्न गाह्रो
    स्मार्टफोनमा इन्टरनेटका लागि यदि वाइफाइ प्रयोग गरिन्छ भने यो खेल खेल्न एकदमै गाह्रो छ । वाइफाइ इन्टरनेटको गति सुस्त भएको अवस्थामा थप समस्या हुन्छ । वाइफाइ नेटवर्कको सीमा पार भएपछि कनेक्टिभिटी लस हुन्छ । इन्टरनेट एक्सेस सकिएपछि त्यहाँ पोकेमन गो खेल्न सकिँदैन ।

    सडक र गल्लीमा खतरा
    नेपालीहरूमा सिभिक सेन्स अर्थात् नागरिक चेतनाको कमी छ । सडक साँघुरो भए पनि तीव्र गतिमा सवारी हुइँक्याउने चलन छ । अग्ला भवनका माथिल्ला तला आफैंमा असुरक्षित हुन्छन् ।  पोकेमन खेल्दै हिँड्नुपर्ने भएकाले सवारी दुर्घटनामा पर्ने सम्भावना पनि हुन्छ ।

    बोस्नियाले दियो चेतावनी
    बोस्नियामा चर्चित भिडियो गेम पोकेमन गोका प्लेयर्सलाई विशेष चेतावनी दिइएको छ । सन् १९९० को दशकमा बोस्निया युद्धका दौरान बिछ्याइएको बारुदी सुरुङ इलाकामा प्रवेश नगर्न त्यहाँको सरकारले अपिल गरेको छ । पोसाविना बेज माइना नामको संस्था जो बारुदी सुरुङ समाप्त गर्ने अभियानमा छ, सरकारमार्फत यो कुरा युजर्सलाई जानकारी गराएको हो ।

    कसरी लोकप्रिय भयो पोकेमन ?
    पोकेमन गोको सबैभन्दा ठूलो खुबी भनेको प्राविधिक रूपमा धेरै सजिलो हुनु हो । यसअघि लोकप्रिय भएका एंग्री बर्ड, टेम्पल रन, स्नेकको सफलताको मुख्य कारण पनि ती गेम प्राविधिक रूपमा जटिल नहुनु नै हो । पोकेमन गोलाई पनि सजिलो भिडियो गेम मानिएको छ । पोकेमन गोको सफलताको दोस्रो ठूलो कारण पुरानो सम्झना ताजा हुनु पनि हो ।

    यस्तो पनि देखियो
    सार्वजनिक भएको केही सातामै यो खेल यति लोकप्रिय भयो कि यो गेम खेल्न धेरैले जागिरमा बिदा माग्नेदेखि जागिर छोडेर नै यो खेल खेल्ने निर्णय लिए । एक अनुसन्धानअनुसार अहिले मानिसहरू दैनिक सरदर ७५ मिनेट पोकेमन गोमा खर्च गर्छन् भने फेसबुक प्रयोगकर्ताले त्यसमा दैनिक सरदर केवल ३५ मिनेट समय बिताउँछन् । सेभेन डी पार्कले गरेको अनुसन्धानअनुसार पोकेमन सार्वजनिक हुनु एक हप्ताअघि र सार्वजनिक भएको एकहप्तापछि गरिएको तुलनात्मक अध्ययनअनुसार युट्युबका दैनिक प्रयोगकर्ता ९ प्रतिशतले घटेका छन् भने स्न्यापच्याटका दैनिक प्रयोगकर्ता संख्या १८ प्रतिशतले घटेका छन् ।

    र अन्त्यमा...
    पोकेमन गोका समर्थकहरूले विभिन्न अध्ययनलाई स्रोतका रूपमा अघि सारी अल्छीलाई समेत पोकेमन खेल्न आह्वान गरिरहेका छन् । हेल्थ एम वेब म्यागेजिन लेख्छ, हावर्ड स्कुल अफ पब्लिकका अनुसार जुन महिला दैनिक ३० मिनेट जगिङ गर्छिन उनलाई ह्दयाघातको संभावना २० प्रतिशतले कम हुन्छ यस्तै दैनिक ४० मिनेट दौडने महिलामा यो खतरा ४० प्रतिशतले घट्छ ।

    पोर्नभन्दा बढी

    पोकेमन गो १८ वर्षदेखि २४ वर्षका युवाहरूबीच बढी लोकप्रिय छ । उक्त उमेरका धेरै युवा पोर्न उद्योगको कब्जामा छन्, तर पोकेमन गोले गएको करिब १ महिनाभित्रमा तथ्यांकहरूलाई बदलिदिएको छ । पछिल्लो समयमा पोकेमन गो यति धेरै सर्च गरियो कि त्यसले पोर्न भिडियोलाई समेत धेरै पछाडि छोड्यो । विश्लेषकहरू भन्छन्– यो पहिलो घटना हो, युवाहरू पोर्नोग्राफीभन्दा एउटा मोबाइल गेमको पछाडि लागेका छन् ।

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel