• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Friday, September 16, 2016

    यौ साताको रसिफल,

    यौ साताको रसिफल,
    भदौ,३०,२०७३



    मेष



    सामाजिक क्षेत्रमा रचनात्मक भूमिका निर्वाह गर्दा प्रतिष्ठा प्राप्त हुनेछ । पारिवारिक जिम्मेवारी वहन गर्दा खर्च बढ्नेछ । नयाँ अवसरले पिछा गरेको अवस्था छ, जसबाट आर्थिक स्थितिमा समेत परिवर्तन आउने सम्भावना छ । भौतिक साधन खरिद गर्न आकर्षित भइनेछ । स–साना खर्चले भने पिरोलिइरहनेछ ।


    वृष
    पूर्वपरिचित मित्रले मन पराएको प्रस्तावलाई पारिवारिक रूपमा अनुमोदन गर्दै माङ्गलिक तिथि तय हुने सम्भावना छ । कार्यस्थलको स्वरूपअनुरूप पहिरनमा ध्यान दिनुहोला । गफमा समय व्यतीत गर्ने साथीभाइहरूबाट टाढै रहनुपर्नेछ । व्यवहारिक विषयमा खर्च गर्न कन्जुस्याइँ गर्नु आफ्नै हितमा हुने छैन ।


    मिथुन
    नीलो रंगको रचनात्मक प्रयोगबाट लाभमिल्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान प्राप्त हुनेछ ।मित्रहरूले दिएका वचन पूरा हुनेछन् । आफूभित्रको भय उत्साहमा परिवर्तन भै समाजसेवातर्फ आकर्षित भइनेछ । मनोरञ्जनमा सहभागी हुँदावा सवारी चलाउँदा विशेष ध्यान पुर्‍याउनुहोला ।


    कर्कट
    खानपान तथा मौसमको फेरबदलका कारण शारीरिक दुर्बलता देखा पर्न सक्छ । डाहा गर्नेहरू भित्रभित्रै प्रशंसागर्न थाल्नेछन् । संयम एवं बोलीको मधुरताले बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ । यो साता परिवारजनबाट टाढै रहनुहोला ।


    सिंह
    होसियारीपूर्वक गरिएको कार्यबाट पर्याप्त आर्थिक लाभ प्राप्त गर्न सकिनेछ । रोजगारीको नयाँ अवसर प्राप्तहुन सक्छ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । साताको अन्त्यमा विभिन्न सामग्री खरिद गर्ने तथा विविध स्थानको भ्रमण हुने योग छ ।


    कन्या
    कुनै पनि कार्य सम्पन्न गर्दा धैर्यतालाई महत्व दिनुहोला । सामाजिक सञ्जालमार्फत अचानक प्रेम प्रस्ताव आइलाग्न सक्छ । प्रतिस्पर्धाले सफलतासँगै पुरस्कारसमेत दिलाउनेछ । आवेशमा गरिएको कामले उल्टो परिणाम देखाउन सक्छ  ।परिस्थितिअनुरूप निर्णय गर्नुहोला । हरियो रंगको प्रयोग फाइदाजनक हुनेछ । आइतबार तथा बुधबार महत्वपूर्ण काम सम्पन्न हुनेछन् ।


    तुला  :
    विश्वासमा धोका हुन सक्छ । जिद्दी गरी गल्ती सच्याउन खोज्दा अझ पछि परिनेछ । खराब आचरण भएकाहरूले पिछा गर्न सक्छन् । सेयर बजारमा गरिएको लगानीले केही समयपछि नाफा दिलाउनेछ । आर्थिक अभावको समस्या समाधान गर्न वैकल्पिक उपाय पहिल्याउन सकिनेछ ।


    वृश्चिक
    खानपान एवं जीवनचर्यामा ध्यान दिए स्वास्थ्य सम्बन्धी समस्याबाट मुक्त भइनेछ । पक्कापक्की भैसकेको व्यवसाय सञ्चालनमा आउन ढिला, सुस्ती हुन सक्छ । गोपनियता भंग भै काममा धोका हुन सक्छ । प्रयत्न गरे सजिलै अरूको मन जित्न सकिनेछ । वैदेशिक योजना सफल हुने देखिन्छ ।


    धनु
    सरोकार नभएका विषयमा समय खर्चंदा पछि परिनेछ । साथीहरूसँगको जमघटमा नौला एवं स्वादिष्ट खानपानको आनन्द उठाउने पाइनेछ । विलासिताका सामग्री खरिद गर्न उत्साह जाग्नेछ । प्रतिष्ठित व्यक्तिहरूको प्रेरणाले ज्ञान आर्जन गर्ने अवसर जुट्न सक्छ । साताको प्रारम्भ भन्दा उत्तराद्र्ध बढी लाभदायक देखिन्छ ।


    मकर
    आकस्मिक यात्रा गर्दा आर्थिक लाभ समेत होला । राज्यबाट महत्वपूर्ण अवसर प्राप्त हुनसक्छ । योजना सफल हुन कठोर मेहनत गर्नुपर्ने हुन सक्छ । सभा, सेमिनार, तालिम आदिमा सहभागी हुने अवसर प्राप्त हुनेछ । नीलो रंगको प्रयोग शुभ रहनेछ । विदेशी पाहुनाहरूसँग भेटघाट हुने सम्भावना छ ।



    कुम्भ
    अध्ययनको क्षेत्रमा पर्याप्त समय दिन नसकिएला ।सरोकार नभएका विषयमा चासो राख्दा दु:ख पाइनेछ । आइतबारदेखि कतिपय बाधा स्वत: हट्नेछन् भने हितैषीहरूको सहयोग जुट्नेछ ।मन मिल्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धनसमेत कसिनेछ। गल्ती सच्याउने स्वाभावले बिग्रन लागेका काम समेत फत्ते हुनेछन्  ।


    मीन
    अनुशासन एवं मर्यादा पालनले आफूलाई थप उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । विदेशका लागि गरिएको प्रयत्न सफल हुनेछ । प्रेम सम्बन्धको गाँठो कसिने सम्भावना छ । बोलीको प्रभावमा धेरै काम फत्ते हुनेछन् । सरोकार नभएका विषयमा चासो राख्दा साथी भाइ चिढिन सक्छन् । इकान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel