• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Saturday, September 17, 2016

    अमेरिकाले भूलवश सिरियाली सैनिकमाथि हमला गरेकोप्रति दुख व्यक्त गरेको छ-६० जना सिरियाली सैनिक मारिएको छ



    अमेरिकाले आफु नेतृत्वको गठबन्धनका लडाकू विमानहरुले भूलवश सिरियाली सैनिकमाथि हमला गरेकोप्रति दुख व्यक्त गरेको छ।
    सो आक्रमणमा कम्तीमा ६० जना सिरियाली सैनिक मारिएको भन्दै रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आपतकालीन बैठक डाकेको छ।
    अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पाइलटहरुले केही समयदेखि पछ्याइरहेको उनीहरुले इस्लामिक स्टेट आइएस विद्रोहीहरुको गढ भनी ठानेको स्थानमा हमला गरेका थिए।
    तर रुसी अधिकारीहरुले त्यो सिरियाली सरकारी सेना तथा सवारी साधन भनी जानकारी गराउने वित्तिकै ती हमला रोकिएको अमेरिकी सेनाले बताएको छ।
    रुसी सेनाले डेर अल जोर शहर नजिकै भएको उक्त हमलामा परी अन्य कैयौं घाइते भएको जनाएको छ।

    आलोचना





    सोही विषयलाई लिएर रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आपतकालीन बैठक डाकेकोप्रति अमेरिकाले आलोचना गरेको छ।
    रुसी विदेश मन्त्रालयले उक्त आक्रमणले सिरियामा हाल लागु युद्धविरामको सहमति संकटमा परेको अनि अमेरिकाले आइएसलाई मद्दत पुर्याएको जनाएको छ।
    सिरियाली सरकारले पनि उस्तै प्रतिक्रिया दिएको छ।
    रुसको प्रतिक्रियाबारे सम्वाददाता जन सोपेल भन्छन्, “रक्षा मन्त्रालयका एक प्रवक्ताले भनेका छन् यदी उक्त हमला, निशानाबारे गलत जानकारीका कारण भएको हो भने, अमेरिकाले रुससंग मिलेर काम गर्न नचाहनु नै त्यसको मूल कारण हो।”

    यसअघि रुसले वितेको २४ घण्टामा अमेरिका समर्थित विद्रोही समूहले पचासभन्दा धेरै हमला गरेको भन्दै अमेरिकाले तिनलाई नियन्त्रण गर्न नसकेको आरोप लगाएको थियो।
    तर अमेरिकाले चाहीं युद्धविराम सामान्यत: लागु भइरहेको जनाएको थियो। बिबिसी नेपाली

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel