• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Monday, September 12, 2016

    सरकारले नयाँ संबिधान धरापमा पार्न थालेको आरोप-अध्यक्ष कमल थापा को आरोप

    ,

     २०७३ ,भाद्र २७,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले नयाँ संबिधान धरापमा पार्न थालेको आरोप लगाउनुभएको छ । नेपालगन्जमा आज बिहान सञ्चारकर्मीसँग अध्यक्ष थापाले सरकार संबिधान कार्यान्वयन गर्न आवश्यक पर्ने दुइ तिहाई बहुमत जुटाउने तर्फ गम्भीर नदेखिएकाले संबिधान धरापमा पर्ने खतरा देखा परेको बताउनु भयो । पहिलेको तुलनामा पार्टीहरु बीच तिक्तता बढदै गएको भन्दै उहाले सरकारले निर्वाचन समेत गराउनेमा शका व्यक्त गर्नु भयो । बिदेशी प्रमुखसंग झुक्दिन भन्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले अघिल्लो पटक चीन भ्रमण गर्नुलाइ गल्ती महसुस गरी यसपट भारत जान लागेको थापाको टिप्पणी थियो । थापाले बिहीबारबाट हुने प्रधानमन्त्री दाहालको भारत भ्रमणको औचित्यतता र आवश्यकता बुझन नसकिएकाले भ्रमण दलमा आफनो पार्टीको प्रतिनिधित्व नहुने स्पष्ट पार्नुभयो ।  यसैबीच रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडेलायनर्समा आज बिहान कुरा गर्दै अध्यक्ष थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणबारे थप टिकाटिप्पणी आवश्यक नरहेको बताउनुभयो । प्रधानमन्त्री निर्वाचित भएपछि भारत भ्रमण गर्ने राजनीतिक परम्पराअनुसार दाहालको भ्रमण हुन लागेको उहाँको भनाई थियो । पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले दाहाल नेतृत्वको सरकारले तय गरेका प्राथमिकताका आधारमा नै भारत भ्रमण हुन लागेकाले शंका गर्नु आवश्यक नभएको बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुधारेको भारतसँगको सम्बन्धलाई थप सुमधुर बनाउन प्रधानमन्त्री दाहालको भ्रमण केन्द्रित हुनु पर्ने अध्यक्ष थापाको सुझाव छ । प्रधानमन्त्री दाहालले समेत आफ्नो भारत भ्रमण सम्बन्ध सुधारमा केन्द्रित हुने भन्दै दिएको अभिब्यक्तिप्रति आपत्ति जनाउदै अध्यक्ष थापाले राप्रपा नेपाल समेत सहभागी अघिल्लो सरकारकै पालामा सम्बन्धले नयाँ उचाई लिईसकेको दावी गर्नुभयो । आजको इकान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel