• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Saturday, September 17, 2016

    गाउँनै पैरोले लान थालेपछि, २७ घर परिवार बिजोग............



    आश्विन, १, २०७३

    म्याग्दीको बेग गाविसस्थित बास्बोट र लिस्ने गाउ“का २७ वटा घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउँको दायाँ-बायाँ ठूलठूला पहिरो झर्नुका साथै जमिन फाट्दै गएको स्थानीय तलप्रसाद फागामीले बताउनुभयो । उद्धारकालागि गुहार माग्दै टेलिफोन सम्पर्कमा आएका फागामीले भन्नुभयो, ‘हामीलाई बचाउनुस्, पहिरोले गाउँ बगाउँदैछ । गाउँको पुछारबाट सुरु भएको पहिरो निरन्तर माथी–माथी सर्दैछ ।’  नजिकैका बान्दुक र बेग गाउँ जाने बोटो समेत पहिरोले बगाएकोले भाग्ने ठाउँ समेत नभएको उहाँले बताउनुभयो । पहिरोको जोखिममा परेकाको उद्धारकालागि प्रहरी घट्नास्थलतर्फ गईरहेको प्रमुख जिल्ला अधिकारी केशव आचार्यले बताउनुभयो । थप सहयोगका लागि पर्वत स्थित शसस्त्र प्रहरी बललाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । मानवीय वस्ती रहेको पुरै पाखो धाँजा फाट्दै बग्न बग्न थालेपछि त्यहाँका २७ घर परिवार घरबाहिर निस्केर बसेका छन । अहिले त्यहाँ रेडक्रसका उद्धारकर्मी पुगेपनि डोरी लगाएतका आवश्यक उद्धार सामाग्री नहुँदा समस्या भएको छ ।  इकान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel