• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Monday, September 12, 2016

    म दुब्लो हुनुमा हस्तमैथुनको कुनै भूमिका छ ?

    म १८ वर्षीय युवक हुँ । मैले दुई वर्षअघिदेखि हस्तमैथुन गर्न थालेको हुँ । अहिले पनि गर्छु । एक हप्ताअघि मैले आफ्नी गर्लफ्रेन्डसँग यौनसम्पर्क गरेको थिएँ, तर यौनसम्पर्क गर्न थालेको पाँच मिनेट पुग्दा–नपुग्दै वीर्य स्खलन भयो, जसले गर्दा मैले पर्याप्त मात्रामा यौनसन्तुष्टि प्राप्त गर्न सकिनँ, न मेरी गर्लफ्रेन्डले नै आनन्द प्राप्त गर्न सकिन् । के यो शीघ्र पतन हो ? हो भने यसको समाधान बताइदिनुहोला । म दुब्लो हुनुमा हस्तमैथुनको कुनै भूमिका छ ? 
    ५८४१

    शीघ्र स्खलन के हो ?
    तपार्इंलाई थाहै होला, मानव यौन प्रतिक्रिया चक्रका चार चरणमध्ये ‘चरमसुख (यचनबकm)’ को चरणमा पुगेको हाराहारीमै वीर्य स्खलन हुन्छ । यौनसुख शारीरिक तथा मानसिक दुवै प्रक्रियाको जटिल सम्मिश्रणबाट प्राप्त हुन्छ भन्ने कुरा पनि मैले यहाँ भनिरहनु नपर्ला । यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा बाह्य तथा आन्तरिक कारणहरूमा भर पर्छ । यो कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन ।


    प्राय: सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै न कुनै समयमा वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्र स्खलन मान्न थालिएको छ । यस्तो स्थितिमा यौनसम्पर्कवाट प्राप्त गर्ने सुख प्राप्त नहुने कुरा सत्य नै हो ।


    कतै यो शीघ्र स्खलन हो कि ?
    सजिलो भाषामा भन्नुपर्दा वीर्य स्खलन छिटो हुनु नै शीघ्र वीर्य स्खलन हो, तर कतिपयले सामान्य समयसीमामै वीर्य स्खलन हुने भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् । महिलालाई यौन चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि पुरुषको वीर्य स्खलन चाँडो भएजस्तो
    लाग्न सक्छ ।


    तपाईंको सन्दर्भमा यो घटना एकपल्ट मात्र भएको बुझिन्छ । यस्तो घटना एक–दुई पल्ट भैहाल्यो भन्दैमा आफू शीघ्र स्खलनको समस्याबाट ग्रसित भएको मान्नु पर्दैन । फेरि तपाईंले पाँच मिनेटजतिको समय भन्नुभएको छ । लिङ्ग योनिमा प्रवेश गराएपछि वीर्य स्खलनसम्मको यो समयलाई सामान्य नै मान्नुपर्छ । माथि पनि भनियो, यो निरन्तर रूपमा भएर दुवैका लागि समस्या हुनुपर्‍यो ।


    यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुन सक्छ । आफ्नो यौनजोडीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ कि भन्ने चिन्ता (उभचायचmबलअभ बलहष्भतथ) ले समस्या थप बढाउँछ ।


    आक्कल–झुक्कल शीघ्र स्लखन हुनु अस्वभाविक होइन । त्यसैले खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या अझ बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा देखा पर्न थाल्यो भने मात्र समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्यालाई कम गर्न आफैले गर्न सकिने केही उपाय :


     यौनसम्पर्क गर्ने क्रममा स्खलन होलाजस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग झिकेर केही बेर यौनक्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन: यौनक्रीडा सुरु गर्ने ।


    पुरुष माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि शीघ्रस्खलन कम गर्न मद्दत मिल्छ ।


    यौनसम्पर्क गर्ने क्रममा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठयाउने र वीर्य स्खलन हुन नदिने । यौन उत्तेजना केही कम भएपछि पुन: यौनक्रिडा सुरु गर्ने ।



        कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ ।



    पिसाब आउँदा रोक्न प्रयोग गरिने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सक्दा पनि फाइदा मिल्छ ।



    अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । द्यभलशयअबष्लभ तथा ीष्मयअबष्लभ जस्ता औषधी भएका यस्ता उत्पादन लिङ्गमा यसको प्रयोग गर्दा शीघ्रस्खलनलाई कम गर्न मद्दत मिल्छ । अभ्यस्त हुन निकै लामो समय लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणको अभ्यास यो समस्या समाधानको अर्को उपाय हो ।



    दुब्लो हुनुमा हस्तमैथुको भूमिका
    कतै हस्तमैथुनले हानी गर्छ कि ? धेरैमा चासो र चिन्ता हुन्छ । यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौन अङ्गको घर्षण नै प्रमुख हो । यौन सम्पर्क गर्दा यौन अङ्गहरू एक–आपसमा घर्षण गराइन्छ । सिद्धान्तत: यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन अङ्गको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया उस्तै हो ।



    त्यसैले यौनसम्पर्क गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन । तपाईंको दुब्लोपनसँग यसको प्रत्यक्ष सम्बन्ध छैन, त्यसैले यस विषयमा अनावश्यक चिन्ता नलिनु नै बेस हुन्छ ।

    इकान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel