• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Tuesday, November 15, 2016

    नेपाल बैंक तथा सर्बसाधारण मा भएको सबै भारु कागज हुने भो............



    काठमाडौं / नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले अस्वीकार गरेको छ। यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारू) कागजको खोस्टासरह हुने भएको छ ।
    भारतीय सरकारले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालसँग भएका ती दरका नोट साट्ने व्यवस्था गर्न आरबिआईसमक्ष पत्राचार गरेको थियो । आरबिआईले जवाफमा सटही सुविधा दिने अधिकार आफूसँग नभएको बताएको हो ।
    राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार आरबिआईले राष्ट्र बैंकको पत्रको जवाफ दिदैं नेपालसँग रहेको भारुको सटही सुविधा दिने–नदिने निर्णय भारतीय सरकारको हातमा मात्र रहेको बताएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel