• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Sunday, November 13, 2016

    न्युजिल्याण्डमा ७.८ म्याग्निच्यूडको भूकम्पपछि सुनामी



    कार्तिक २८, २०७३          न्युजिल्याण्डमा आज ७ दशमलव ८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । न्युजिल्याण्डको दक्षिणी क्षेत्र क्राईस्ट चर्चदेखि ९५ किलोमिटरको दुरीमा केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पले केही भवनहरुमा क्षति पुर्‍याएको बताइएपनि पूर्ण विवरण भने आईनसकेको बीबीसीले उल्लेख गरेको छ । भूकम्पपछि उत्तरी पूर्वी तटीय क्षेत्रमा सुनामी आएको छ । सुनामीको पहिलो छालले कुनै असर नगरेपनि अझै केही घण्टा जोखिम कायमै रहने बताइएको छ । २ दशमलव ५ मिटर अग्लो छाल वेलिङ्गटनलगायत क्षेत्रसम्म आईपुगेको बीबीसीले उल्लेख गरेको छ । सामुद्रीक क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । भूकम्पपछि परकम्प आउने क्रम जारी रहेकाले प्रभावित क्षेत्रका सयौं सर्वसाधारणलाई पनि  सुरक्षित स्थानमा सारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०११ मा क्राईस्ट चर्चमा गएको भूकम्पमा परि १ सय ८५ जनाको मृत्यु भएको थियो । न्युजिल्याण्ड भूकम्प तथा ज्वालामुखी बिस्फोटनको अत्याधिक सम्भावना रहेको भौगोलीक अवस्थायुक्त देश हो । गत सेप्टेम्बर महिनामा पनि न्युजिल्याण्डको गिसबर्नमा ७ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel