• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Tuesday, November 15, 2016

    नेपालले उपाधि जित्ने मुख्य कारण टिम गेम: निराजन रायामाझी

    नेपालले उपाधि जित्ने मुख्य कारण टिम गेम: निराजन रायामाझी




    ‘आजको जित समग्र नेपाली फूटबलका लागि नै खुशीको कुरा हो। ६२ वर्षपछि र पहिलोपटक नेपालले एएफसीको औपचारिक प्रतियोगिताको उपाधि जितेको हो, पूर्व खेलाडी निराजन रायमाझीले भने।
    ‘आजको खेलमा सुरुदेखि नै नेपाले मकाउविरुद्ध दवाब राख्यो। नेपालले ६५ प्रतिशतभन्दा बढी बल होल्ड गर्यो। त्यसैले दबाव झेल्न परेन,’ सेतोपाटी कार्यालयमा लाइभ गेम हेर्दै उनले अगाडि भने-
    पहिलो हाफमा नै नेपालले गोल गरेकाले मनोबल उच्च भयो।
    मकाउलाई हामीले पहिले पनि हराएका हौं, तर उपाधि जित्नुको अर्थ नै बेग्लै हुन्छ।
    नेपालको खेलको प्लस पोइन्ट नै नेपालले टिम गेम खेल्न सक्यो। सुरुदेखि अन्तिम मिनेटसम्म यो एकता कायम रह्यो। यसले नेपालको जित सम्भव भएको हो।
    आज फर्वार्डमा भरत खवास र सुजल श्रेष्ठको प्रदर्शन निकै राम्रो रहयो। अन्जन विष्टले निकै राम्रो भूमिका निर्वाह गरे।
    मिडफिल्ड पनि राम्रो देखियो। हाफ टाइमपछि मिडफील्ड अझै राम्रो रहयो।
    वर्षाको कारणले मैदान हिलो भएकाले पनि प्रत्येक खेलाडीको ‘इन्डिभिजुअल’ गेम त्यति देख्न सकिएन।
    खेल अवधिभर गोल हुने अवसर नेपालले निकै नै पाएको थियो। नेपालले अरू दुई-तीन गोल गर्न सक्थ्यो। तर, गोल गर्ने सबै अवसरलाई सदुपयोग गर्न सकेको देखिएन। वर्षाले पनि यस्तो भएको हुनसक्छ।
    मकाउको टीम भने त्यति चल्न सकेन। नेपालको डिफेन्सले उनीहरूलाई चल्न दिएन।
    मिडफिल्डले फर्वार्डलाई बल नै सप्लाई गर्न नसकेको देखियो। नेपालले उनीहरूलाई त्यस्तो मौका नै दिएन।
    आजको सबैभन्दा ठूलो कुरा ‘टीम गेम’ नै हो। यसैले आज हामी तीन करोड नेपालीलाई खुशी दियो। अब हुने अरू खेलमा पनि नेपाली टिमले यसलाई कायम राख्न सक्नुपर्छ।सेतोपाटि

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel