• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Thursday, September 8, 2016

    राजेश पायल राई गायक बन्ने सपना बोकेर संघर्षका लागि जब काठमाडौं आए, उनलाई कसैले पत्याएन


    पूर्वी नेपालको खोटाङबाट राजेश पायल राई गायक बन्ने सपना बोकेर संघर्षका लागि जब काठमाडौं आए, उनलाई कसैले पत्याएन । त्यसबेला उनलाई आफैंप्रति हीनताबोध भयो, म त खत्तमै छु कि क्या हो !

    त्यस्तो लाग्दा उनी परिवारका मान्छेहरू राजनीति र ब्रिटिस आर्मीमा छन्, म त्यता किन नजाने भन्नेसम्म सोच्थे । अर्को मनमा आफ्नो राम्रो स्वरदेखि डाहा लागेर मान्छेहरुले नरुचाएको होला भनेर उनी जसरी पनि केही बनेर देखाउँछु भनेर अठोट लिन्थे ।

    नभन्दै निरन्तरको प्रयासले आज उनले आधुनिक गायनका साथै नेपाली फिल्मको पाश्र्व गायनमा छुटाउनै नहुने नाम बनाएका छन् । संगीतयात्रामा उनले देखे-भोगेका केही अनुभव र किस्सा उनकै शब्दमाः

    १. अहिलेसम्म पाँच हजारभन्दा बढी गीत गाइसकेको छु मैले । अंग्रेजी, जापानी, हिन्दी, मैथिली, थारु, भोजपुरी लगायत ५० भन्दा बढी भाषाको गीत गाएको छु । सबैभन्दा धेरै फिल्मकै गीत गाएको छु । ०५२ देखि फिल्ममा निरन्तर गाइरहेको छु । मेरो व्यस्तताका कारण कतिपय अवस्थामा निर्माताहरूले तीन-चार महिनादेखि नौ महिनासम्म कुरेका छन् । ‘झोले’ फिल्ममा नौ महिना र ‘मायाज बार’मा ६ महिना कुरे । यो देख्दा खुशी लाग्छ ।

    २. एउटा गीत गाउँदा बढीमा २५ हजार रुपैयाँसम्म लिएको छु । पछिल्लो समय ‘ए मेरो हजुर २’ फिल्ममा गाउँदा २५ हजार लिएँ । नेपालमा २०/२५ हजार रुपैयाँ लिँदा बढी के भन्नु ! तर, यहाँ त्यति पैसा लिने म मात्र होला । कतिपय गीत सित्तैमा पनि गाउनुपर्छ । खासमा मेरो कुनै रेट छैन । रेटबिनाको कलाकार हुँ म । लागूऔषधविरुद्ध, ट्राफिक सचेतना जगाउने गीतहरूमा निकै कम पैसा लिएर गाएको छु ।

    ३. क्षमता भएका तर पैसा नभएका प्रतिभा छ भने उसलाई म मद्दत गर्छु । सित्तैमा पनि गाइदिन्छु । अस्ति जुम्लाबाट एउटा गायक भाइ आएका थिए । पैसा रहेनछ । मैले आफ्नै खर्चमा उसको गीत रेकर्ड गराइदिएँ । यहाँ कतिले त्यस्तो हिम्मतै गर्दैनन् । नयाँ गायक आयो भने डराउँछन्, मलाई गाउन दे भन्छन् । तर, त्यस्तो कुरामा म असुरक्षित महसुस गर्दिनँ । ज्यादातर मान्छे मकहाँ पैसा छैन भन्दै आउँछन् । संयोग हो कि म अलि दिलदार मान्छे भन्ने थाहा भएर हो, सहयोगको आश राख्छन् । सहयोग गर्न पाउँदा मन रमाउँछ ।

    तीनवटा गीत गाएपछि खुशी भएर ती मान्छेले मलाई प्लाष्टिकमा पोको पारेको वस्तु दिए । खोलेर हेर्दा त आधा किलो यार्सागुम्बा रै’छ । अचम्म लाग्यो मलाई । साथीहरुले खै कस्तो हुँदो रै’छ भनेर एक-एक टुक्रा चाख्दाचाख्दै त्यत्तिकै सिद्धियो

    ४. एकजना हुम्लाको मान्छे पनि आउनुभएको थियो । तीनवटा गीत गाएँ मैले । तर, पैसा छैन भन्नुभयो । एरेन्जर फणिन्द्र राई हुनुहुन्थ्यो । अब के गर्ने भनेर फणिन्द्रसँग सोध्दा ‘गाउँको भाइ हो, लुगा हेर्दा पनि गरिबै होला हौ’ भन्नुभयो । तीनवटा गीत गाएपछि खुशी भएर ती मान्छेले मलाई प्लाष्टिकमा पोको पारेको वस्तु दिए । खोलेर हेर्दा त आधा किलो यार्सागुम्बा रै’छ । अचम्म लाग्यो मलाई । साथीहरुले खै कस्तो हुँदो रै’छ भनेर एक-एक टुक्रा चाख्दाचाख्दै त्यत्तिकै सिद्धियो ।

    ५. गाउन लगाउने र पछि पैसा दिउँला भनेर भेटै नभएको उदाहरण पनि छ । फिल्म ‘मुनामदन’ र ‘बसाइँ’मा त्यस्तै भो । मुनामदन महाकवि देवकोटाको कृतिमा बनेको अनि बसाइँ लिलबहादुर क्षेत्रीको उपन्यासमा बनेको फिल्म थियो । महान् कृतिमा बनेका फिल्ममा गाउने मौका पाउँदा ‘बाफ रे’ भन्ने लाग्यो । खुशी र गर्व महसुस भयो । तर, दुवै फिल्मबाट पैसा पाइएन । दुवै निर्माताको अझैसम्म अत्तोपत्तो छैन ।

    ५. गीत गाउँछु र गाइदिनुपर्‍यो भन्दै अचम्मकै मान्छेहरू आउँछन् । जे गर्न पनि तयार छु, जसरी होस् अगाडि बढ्नु छ भनेर आफैंलाई पेश गर्छन् । तर, म नैतिकतामा अलि कडै छु । एक वचनमा राजेश पायल टाँस्सिइरहँदैन । टाँस्सिने भएको भए यो स्थानमा आउने पनि थिइनँ होला ।

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel