• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Wednesday, September 7, 2016

    मेरी श्रीमतीको अन्य कुनै व्यक्तिसँग यौनसम्बन्ध भएको अनौठो किसिमको कल्पना गर्दा मलाई आनन्द आउँछ



    म ४२ वर्षीय विवाहित पुरुष हुँ । मेरो विवाह भएको ९ वर्ष भैसक्यो । मेरी श्रीमतीको अन्य कुनै व्यक्तिसँग यौनसम्बन्ध भएको अनौठो किसिमको कल्पना गर्दा मलाई आनन्द आउँछ । श्रीमतीका लागि म उपयुक्त पर्टनर होइन भन्ने विचार पनि आउँछ, त्यसैले उनको यौनसम्बन्ध अरू कुनै सबल व्यक्तिसँग भएको कल्पना गर्दा रमाइलो लाग्छ । यी विचार वाहियात हुन् भन्ने थाहा हुँदा पनि मनमा आउने ती कल्पनाकै कारण श्रीमतीसँग यौनसम्बन्ध राख्न तयार हुन्छु । हालसम्म यो कुरा उनलाई थाहा छैन, तर थाहा होला कि भन्ने डर पनि लाग्छ । यो कस्तो समस्या हो ?

    तपार्इंले राख्नुभएको यो विचारलाई कुक्कोल्ड फेन्टासी वा ट्रोइलिज्म भनिन्छ । प्रख्यात कोलोमिस्ट डयान स्याभेजका अनुसार आफ्नी श्रीमतीले परपुरुषसँग भविष्यमा यौनसम्बन्ध राख्न सक्छिन् कि वा राखिन् भने कसरी राख्छिन् होला भन्ने चिन्ताले पनि यस्तो सोच आउने बताएका छन् । यस विषयमा ८ सय जना पुरुषमा गरिएको एक अध्ययनमा ४९ प्रतिशत पुरुषले उनीहरूको जीवनमा कुक्कोल्ड फेन्टासी भएको थियो भनेर बताएका थिए । यस्तो सोच वा कल्पना किन आउँछ भन्ने विभिन्न छलफलमा केही मनोविद्ले गहिरो रूपमा आत्मसम्मानमा कमी हुँदा यस्तो विचार आउँछ भन्ने गरेका छन् भने केही मनोविद्ले त्यसको ठीक विपरीत आत्मसम्मान र आत्मविश्वास अझ बढी हुने बताएका छन् ।
    अब तपाईंको प्रश्नतर्फ लागौं । तपाईंले यस्तो कल्पना गर्नुभएको कुरा तपाईंकी श्रीमतीले थाहा नपाएसम्म तपाईंहरूबीचको सम्बन्ध सुमधुर नै रहन सक्छ, तर यदि उहाँले थाहा पाउनुभयो र उहाँका लागि तपार्इंको यो सोच अस्वीकार्य भयो भने तपाईंहरूबीचको सम्बन्ध बिग्रन सक्छ । यसले तपाईंको दैनिक जीवन, कामकाज वा सिर्जनशीलतामा हानि–नोक्सानी पुर्‍याउन थाल्छ । यस्तो कल्पनाले मनोभावनामा असर पार्न थाल्छ । दैनिक उठबस, हिँडडुल, शारीरिक अभ्यास आदि गतिविधिमा असन्तुलन उत्पन्न हुन सक्छ ।


    तपाईको प्रश्नमा तपाई र श्रीमतीबीच अहिले कुनै अप्ठ्यारो नभएको बुझिन्छ । तपार्इंले यदि यो समस्या आफूमा भएको स्वीकार गर्नुभएको छ भने यस विषयमा पनि श्रीमतीसँग कुरा गर्नु जरुरी छ । एक–अर्कासँग कुराकानी, आफ्ना चाहना अभिव्यक्त गर्ने तौरतरिका, आफूलाई लागेको रमाइलो पक्ष आदिका बारेमा खुला दिलले कुरा गरे यो समस्या त्यति बढ्न पाउँदैन । हुनसक्छ, तपाईंले यी कुरा गरेपछि दुवै जना मिलेर समस्याको समाधान निकाल्न सकिन्छ ।

    आफ्नो श्रीमतीसँग सम्बन्ध राम्रो छँदाछँदै यी सोचाइ मनमा राखी सम्बन्ध अघि बढाउन खोज्ने हो भने सम्बन्धमा समस्याचाहिँ अवश्य पैदा हुन्छ । यौनइच्छा, यौन क्रियाकलापका बारेमा खुलेर एक–अर्कासँग कुरा गर्नुपर्छ । त्यसबाहेक हरेक यौनसम्पर्क हुनुअघि एक–अर्काको शरीर र भावनालाई महसुस गर्नुपर्छ । माथि उल्लेखित सम्पूर्ण कुरा अपनाएपछि पनि कुनै फाइदा भएन भने थप विश्लेषण र उपचारका
    लागि मनोविद्सँग सम्पर्क राख्नु उपयुक्त हुन्छ ।

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel