• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Wednesday, September 7, 2016

    यौनकर्मीसँग नियमितजसो सम्पर्क हुन्छ




    म व्यापार–व्यवसाय गरेर राम्रै पैसा कमाउँछु । विवाह भएको छैन । विवाहको इच्छा पनि छैन । विदेशमा पढेर आएका कारण मलाई नेपालका कतिपय कुरा पुराना लाग्छन् । मेरो जीवनमा दुई जना गर्लफ्रेन्ड आइसके, तर उनीहरूसँग मेरो यौनसम्बन्ध राम्रो भएन । यौन इच्छा हुने हुँदा विकल्पतर्फ लाग्ने मन भयो र हाल एक जना यौनकर्मीसँग नियमितजसो सम्पर्क हुन्छ । त्यसबाट मलाई सन्तुष्टि पनि छ । नेपालमा प्रेम गरेपछि विवाह नै गर्नुपर्छ भन्ने मान्यता छ । म यसलाई तोड्न चाहन्छु । तैपनि यौनकर्मीसँग हुने सम्बन्धका विषयमा म त्यति प्रस्ट छैन । कृपया यी सबै सोच ठीक हुन् कि होइनन्, बताइदिनुभए आभारी हुने थिएँ । 

    पुरुषहरू यौनकर्मीकहाँ किन जान्छन्, उनीहरूको रुचि केमा छ भन्ने विषयमा धेरै खालका अध्ययन भएका छन् । यस्ता अध्ययनले बताएको तथ्य पनि फरक–फरक छ । अमेरिकामा १६ प्रतिशत तथा थाइल्यान्डमा ९० प्रतिशत पुरुष यौनकर्मीसँग पुग्ने गरेको देखिएको छ । विश्वभरिको तथ्यांक हेर्ने हो भने १६ देखि ३६ प्रतिशत पुरुष यौनकर्मीकहाँ जान्छन् ।
    त्यसैगरी लगातार यौनकर्मीकहाँ जानेहरूमा हरेक तह, उमेरका व्यक्ति पर्छन् । केही पुरुषलाई वास्तविक सम्बन्धमा दैनिक जीवनका सबै कुरा आफ्नी प्रेमीका वा श्रीमतीलाई खुलाउनुपर्ने बाध्यता हुन्छ । यस्तो बाध्यताबाट जोगिन उनीहरूलाई यौनकर्मी नै उचित लाग्ने गरेको पाइन्छ । केही पुरुषमा यौन इच्छा लगातार रूपमा हुने हुँदा यौनकर्मीले त्यस्तो इच्छा पूरा गर्ने सोचले पनि पुरुषहरू यौनकर्मीकहाँ जान्छन् । महिलालाई मन नपराउने पुरुष, जसलाई मिसोगाइने भनिन्छ, उनीहरूलाई यौनकर्मीकहाँ जानु नै सुरक्षित महसुस हुन्छ । यौनकर्मीकहाँ जाने पुरुषहरूले पैसा तिरेपछि क्षणिक भए पनि यौनकर्मीले पूर्ण रूपमा माया गरेको, हेरविचार गरेको र आफूप्रति समर्पित भएको महसुस गराउँछन् भन्ने सोच्छन् ।

    यौनकर्मीहरूसँगको सम्पर्कमा कुनै जिम्मेवारी वहन गर्नु नपर्ने, आत्मीयताका कारण पुग्ने चोटको सामना गर्नु नपर्ने, खुसी दिने कुरा सोच्नु नपर्ने जस्ता कुरा हुन्छन् । पुरुषहरूले यौनकर्मीकहाँ जाँदा आफू आकर्षणको केन्द्रबिन्दुमा भएको महसुस गर्नेसमेत बताएका छन् । यौनकर्मीहरूले पैसा लिएबापत नाटकीय रूपमा सम्बन्ध बनाउँछन् भन्ने कुरा पुरुषहरूलाई थाहा त हुन्छ, तर जिम्मेवारीविहीन आनन्द अर्थात् क्षणिक निस्फिक्री सन्तुष्टि प्राप्त हुने भएका कारण उनीहरू यौनकर्मीको भुलभुलैयामा परिसकेका हुन्छन् ।यस्तो हुनुमा तपाईं मात्र अपवाद होइन । यद्यपि यसको सबैभन्दा खतरनाक पक्ष लत हो । यो लत लम्बिँदै जाँदा कुलतमा परिणत हुन्छ । त्यसैले तपाईंलाई यौनकर्मीकहाँ जाने लत नै लागिसकेको छ कि छैन भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

    जहाँसम्म तपाईंको व्यक्तिगत कुरा छ, दैनिक जीवनमा हानि–नोक्सानी नपुर्‍याएसम्म यसले त्यति नराम्रो गर्दैन, तर यसले दैनिक कामकाज वा सिर्जनशीलतामा हानि–नोक्सानी पुर्‍याउन थाल्यो भने त्यसलाई नराम्रो मान्नुपर्ने हुन्छ । दिनहँु लामो समयसम्म यस्ता कुराका बारेमा सोचिरहँदा मनोभावनामा असर पर्न सक्छ । किनभने लामो समयसम्म यस्ता गतिविधिमा लागिरहँदा यसको सीधा असर आफ्ना अन्य गतिविधिहरूमा पर्न थालिसकेको हुन्छ ।
    त्यसबाहेक पारिवारिक एवं अन्य सम्बन्ध टुट्न थालिसकेको हुन्छ । कार्यालयमा काम गर्ने हो भने समयमा काम पूरा गर्न नसक्ने र सिर्जनशील हुन नसक्ने समस्या उत्पन्न भैसकेको हुन्छ । कामको दबाब महसुस हुन थालिसकेको हुन्छ । त्यसबाट गाली खान वा आलोचना खेप्न थालिएको हुन्छ । मानिसहरूले थाहा नपाई त्यसलाई कुलत बनाइसकेका हुन्छन् । यसको ठूलो मनोवैज्ञानिक असर भैसकेको हुन्छ । पारिवारिक सम्बन्ध वा समाजसँगको सम्बन्धमा असर पर्दै गएर मानिसहरूले घरजम नै ध्वस्त पारेका उदाहरण समाजमा प्रशस्तै भेटिन्छन् । केही विज्ञले त अझ आफ्नो सम्बन्ध भन्दा बाहिरका कुनै पनि प्रकारका सेक्सजन्य गतिविधिलाई गलत नै भन्ने गरेका छन् । धेरै यौनकर्मीसँगको सम्पर्कले तपाईंको शारीरिक एवं सामाजिक जीवनमा असर पर्न सक्छ । यौन रोगहरूको संक्रमणको सम्भावना प्रबल हुन्छ र पछि पश्चातापको भावना विकसित हुन सक्छ । बाहिरबाट अरू व्यक्तिले तपाईंको मानसिकता बुझ्न नसक्दा आक्षेपको सामना गर्नुपर्ने वा कानुनी झन्झटमा परिने सम्भावनासमेत हुन्छ ।



    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel