• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Saturday, November 12, 2016

    यस वर्ष डेंगुको सबभन्दा बढी संक्रमण


    यस वर्ष डेंगुको सबभन्दा बढी संक्रमण
    २०७३- मुलुकमा यसवर्ष हालसम्मकै सबैभन्दा बढी डेंगुको संक्रमण देखिएको छ । यो वर्ष २४ जिल्लामा डेंगुको प्रयोगशाला प्रमाणित १ हजार ४४ वटा केस देखिएका छन् ।

    सन् २००६ मा मुलुकमा पहिलो पटक चितवनमा डेंगुको प्रकोप देखिएयताकै यो सबभन्दा बढी केस हो । यसअघि सन् २०१० मा डेंगुका ९ सय १७ केस देखिएका थिए । ‘यस पटक मुलुकमा हालसम्मकै सबभन्दा बढी डेंगु केस देखिए पनि मृत्यु भने भएको छैन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा.गुणनिधि शर्माले भने । यसअघि सन् २०१० मै डेंगुले ५ जनाको मृत्यु भएको सरकारी तथ्यांकसमेत छ ।

    डेंगु एक दशकअघि प्रकोपकै रूपमा देखिएपछि पहिलो पटक यो रोग मुलुकमा रहेको स्वीकारिए पनि सन् २००४ मै चितवन घुमेका एक विदेशीमा डेंगु देखिएको पुष्टि भएको थियो ।

    यो संक्रमण हालसम्म हिमाली जिल्लामा देखिएको छैन । तर मधेसको सीमा तोडदै पहाडी जिल्लातर्फ समेत विस्तार भइरहेको छ । फाट्टफुट्ट रूपमा पहाडी जिल्लामा समेत डेंगु देखिन थालेको डा.शर्मा बताउँछन् ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार संसारमा बर्सेनि करिब ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गर्छ । यस्तै १ सय २८ मुलुकका ३ अर्ब ९० करोड व्यक्ति डेंगु संक्रमणको जोखिममा छन् ।

    डेंगु एडिस एजेप्टाई नाम गरेको पोथी लामखुट्टेले टोकेर हुने भाइरल संक्रमण हो । यो भाइरस डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चार प्रकारको हुन्छ । यो लामखुट्टेले दिउँसो टोक्छ भने वर्षायाम लामखुट्टेको विस्तारका लागि अनुकूल समय हो । संक्रमित व्यक्तिलाइ टोकेपछि उसको परजीवी लामखुट्टेमा आउँछ । त्यही लामखुट्टले पुन: स्वस्थ व्यक्तिलाई टोक्दा ती व्यक्ति पनि डेंगुबाट संक्रमित हुन्छन् । यो चक्र जारी रहन्छ ।

    डेंगु संक्रमित व्यक्तिलाई संक्रमणमुक्त लामखुट्टेले टोकेपछि आफ्नो जीवनकालसम्म अन्य स्वस्थ व्यक्तिलाई टोकेर यो भाइरस फैलाउन सक्षम हुन्छ ।

    डेंगु भाइरस संक्रमित लामखुट्टेले टोकेको ४ देखि १० दिनभित्र शरीरमा यो रोगको लक्षण देखिन सक्छ । डेंगुको तीव्रता बयस्कको दाँजोमा बालबालिका र बूढापाकामा बढी देखिन्छ । इकान्तिपुर


    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel