• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Friday, November 11, 2016

    तरुण दलको चौथो महाधिवेशन पोखरामा आजदेखि सुरु




    नेपाली कंग्रेसको भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशन पोखरामा आजदेखि सुरु हुँदैछ । धेरैजसो जिल्लाबाट प्रतिनिधि पोखरा आइसकेको र बाँकी केही जिल्लाका आउनेक्रम जारी रहेको आयोजकले जनाएको छ । बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन भन्ने मूल नाराका साथ तीन दिनसम्म चल्ने महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम छ । तरुण दलका केन्द्रिय अध्यक्ष उदयसमशेर राणाले १२ बजे पोखराको चिप्लेढंगामा पार्टी सभापति देउवाले महाधिवेसन उदघाटन गर्ने बताउनुभयो । त्यस अघि सभागृहचोक देखि बाजागाजा, झाँकी र बृहत र्‍याली निकाल्ने तयारी भइरहेको छ । तरुण दलको नयाँ कार्यसमितिमा प्रदेशिक संरचनाका आधारमा ७५ सदस्यीय केन्द्रिय कार्यसमिति हुनेछन । हाल ६१ जनाको कार्यसमिति छ । उदघाटन समारोहमा तरुण प्रतिनिधि सहित कांग्रेस कार्यकर्ता गरी १० हजारभन्दा बढी सहभागी हुने आयोजकले जनाएको छ । प्रतिनिधिसँगै जिल्ला सभापति, नेता समेत पोखरा आएका छन् । नेता कृष्णप्रसाद सिटौला, गगन थापा, प्रदिप पौडेलले आफनो समुहको छुटै भेला गरेका छन् । नेता सिटौलाले सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति इङिग गर्दै सहमतिका नाममा टीको लगाउने काम आफूहरुलाई मान्य नहुने बताउनुभयो ।महाधिवेशनमा तरुण प्रतिनिधिलाई भोटिङ गर्ने अधिकारबाट वञ्चित गर्न नहुने भन्दै सिटौला पक्षले मतदानमा जानुपर्ने अडान लिएको छ ।  आगामी नेतृत्वको लागी जन्मजय तिमिल्सेना, टेकराज पौडेल, पुर्ण गुरुङ, दामोदर कोइराला, लक्ष्मी खतिवडा, मेधिनी सिटौला लगायतको नाम चर्चामा छ । विभिन्न गुट उपगुटका कारण अध्यक्षको दावेदार धेरै भएपनि माउ पार्टीका शिर्ष नेताहरुले सहमतिको प्रयास जारी राखेको बताइएको छ । झण्डै एक दशकपछि नयाँ नेतृत्व चयनका लागी तरुण दलको महाधिवेशन हुन लागेको हो ।इकान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel